Rule 16
संरक्षण क्षेत्रभित्र निषेधित कार्यहरू
प्रमुखबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले संरक्षण क्षेत्रभित्र देहायको कामहरू गर्न पाउने छैन:-
सक्नेछ ।
- वन्यजन्तुको शिकार गर्न,
- रुख विरुवा झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, वनपैदावार नास हुने कुनै काम गर्न वा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्याउन,
- खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, कंक्रिट, माटो वा अन्य यस्तै पदार्थ हटाउन,
- वन्यजन्तु, पंक्षी वा सार्वजनिक जग्गालाई क्षति पुर्याउन
- हातहतियार, खरखजाना वा विष साथमा लैजान वा प्रयोग गर्न,
- संरक्षण क्षेत्रभित्र बग्ने नदी, खोला वा पानीको कुनै श्रोतमा विद्युतीय करेण्ट प्रयोग गर्न,
- संरक्षण क्षेत्रमा हेलिकोप्टर वा अन्य यस्तै वायुयान अवतरण गर्न, त्यसबाट मानिस वा कुनै वस्तु अवतरण गराउन वा खसाउन।
सक्नेछ ।